केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्वजनिक सवारी साधनको मनपरीतन्त्र : अनुगमन गर्ने निकाय मौन

सहयात्रा टिभी

सहायात्राटीभी : दैनिक रुपमा विद्यालय, क्याम्पस र कार्यालय लगायत अनेकौँ दौरानमा बाटो हिँड्दा सार्वजनिक सवारी साधनको प्रयोग गर्नैपर्ने बाध्यता हामी सवैलाई हुन्छ । आजभोलि त अझ छोटो दुरीको बाटोमा पनि हामी पैदल भन्दा सवारीकै प्रयोग गर्न रुचाउँछौँ । यहि सवारीको यात्राको दौरानमा यात्रुहरुले भने दैनिक अनेकौँ समस्याहरु भोग्दै आइरहेका छन् ।

सर्वप्रथमतः सार्वजनिक सवारी साधनहरुले मनपरी नै गर्दै आएको पनि देख्न सकिन्छ । एकै रुटको एकै यात्राको भाडामासमेत एकरुपता नभएको पाइन्छ । एउटै गन्तव्यको भाडामा पनि एउटा गाडिले बढि र अर्कोले कम भाडा असुल गर्ने गरेका छन् । यसको अनुगमन राज्यले गर्नुपर्नेमा राज्य नै मुकदर्शक बनिरहेको छ ।

सार्वजनिक सवारी साधनहरुमा अनिवार्य रुपमा भाडाको सुचि अर्थात लिस्ट टाँसिनुपर्ने हो तर अपवादबाहेक कुनै पनि सवारी साधनमा भाडाको लिस्ट टाँसिएको पान्दैन । सजिलो र छिटोका लागी प्रयोग गरिने सवारी साधन यात्रुहरुको लागी केवल बाध्यात्मक रुपमा प्रयोग गर्नुपर्ने साधन बनेको छ । मानविय चाप बढ्दै जाँदा सवारी साधनहरुको मनपरीतन्त्र बढ्दा यात्रुहरुको लागी सवारी साधन सहज होईन कि केवल सास्ती मात्र हुन पुगेको देखिन्छ ।

सवारी साधनको क्षमता भन्दा बढि मानिसहरु भेडाबाख्रा झैँ कोचेर राख्ने अधिकाशं सवारी साधनहरुमा महिला हिंसा पनि अप्रत्यक्ष रुपमा मौलाउँदै गइरहेको छ । कोचिकोचि यात्रुहरुलाई हाल्ने, समयमा गन्तव्यस्थानमा नपु¥याउने, जामको समस्या त छदै छ, अनावश्यक रुपमा पनि सवारी रोकेर यात्रु कुरेर वा बोलाएर बस्ने अधिकांश सवारीहरुको प्रवृतिले दैनिक यात्रा गर्ने अधिकांश यात्रुहरु वाक्क दिक्क भइसकेका छन् ।

सुविधा सम्पन्न भनेर पछिल्ला समयमा चलाईएका कतिपय सवारी साधनहरुसमेत केहि समय नीतिगत ढङ्गबाट चलेपनि विस्तारै अन्य साधनहरु जस्तै भइसकेको अवस्था छ । एक जना दैनिक कार्यालय धाउने महिलाले भन्दै थिइन्, ‘अरु गाडि भन्दा सजिलो, सुविधाजनक र छिटो होला भनेर मयुर यातायात चढेकी थिए, सँधै भन्दा आधा घण्टा ढिलो कार्यालय पुगेँ, अब त किन चढ्थेँ र यो गाडि’ । वास्तवमा हामीले सुविधा सम्पन्न भनेर सोचेका सवारीहरुले पनि भनेजस्तो सेवा दिन सकिरहेका छैनन् ।

सवारी साधनमा चढि सकेपछि अन्य यात्रुहरु चढाउनका लागि उभिएका यात्रुहरुलाईपछि जानलाई कर गरेको गरै गर्छन, सवारी साधनका सहयोगीहरु । खुट्टा मात्र राख्न पाएपनि हुन्छ भन्ने ठाउँमा त्यो भिडलाई चिरेर गाडिबाट ओर्लनुपर्ने समस्या सम्झेर नै कहिले काहिँ त गन्तव्य स्थानमा पनि नओलौँ कि भन्ने लाग्ने गरेकोे समेत गुनासो सार्वजनिक सवारीका यात्रुहरु सुनाउँछन् ।

कुनै कुनै सवारी साधनले यात्रुहरुलाई गर्ने व्यवहार पनि निकै रुखो र रुष्ट हुने गर्छ । वृद्धवृद्धा र बालबालिकालाई समेत सवारीमा चाँडो चढ्न लगाउने र चाँडै झर्न भनेर झपार्ने गरेको समेत सुनिन्छ ।
बाह्य मुलुकमा सार्वजनिक सवारीमा दिईने सुविधाकै कारण त्यहां निजी सवारी साधन भन्दा सार्वजनिक सवारी नै प्रयोग गर्ने सर्वसाधरण धेरै हुन्छन् । त्यहां राज्यले हरेक गाडीको रुट तथा समय तोकिदिएको हुन्छ । वृद्धवृद्धा र बालबालिकालाइ छुट्टै सिटको व्यवस्था गरिएको हुन्छ, यदि खाली छैन भने सभ्य नागरिकको हैसियतले युवाहरुले आफू उठेर वृद्धवृद्धा र बालबालिकालाइ बस्नका लागि दिईन्छ । यो सवै देख्दा हामी हाम्रा सार्वजनिक सवारीका बेथिति केलाई बस्न आजका दिनमा पनि बाध्य छौं । अनि हामी पछाडी नपरे को पर्छ ?

सवारी साधनहरुले उचित मात्रामा भाँडा लिने, क्षमता भन्दा बढि यात्रु नराख्ने, गाडि भाडाको सुचि टाँस्ने लगायतका नीति नियमहरुलाई वेवास्ता गरिरहेको प्रस्टै देखिन्छ । सम्बन्धित निकायहरुबाट पनि यस विषयमा अनुगमन गरिएको खासै पाइदैन ।

छिटो, सजिलोका रुपमा बाध्यात्मक हिसावले प्रयोग नगरि नहुने सार्वजनिक सवारी साधन केवल सहज भन्दा बढि सास्ती मात्र हुनु भनेको सर्वसाधारणका निम्ति राम्रो कुरा पक्कै होइन । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । नत्र यो सास्ती र वेथिति कहिलेसम्म ???

यो पनि पढ्नुहोस्

विश्वकै सुन्दर देश नेपाल ! कतै हामी संरक्षण र सम्वद्र्धनमा चुकेका त छैनौं ?

श्रीमान श्रीमती नै व्यस्त हुनुुहुन्छ ? ख्याल राख्नुस तपाईको सन्तान डिप्रेसनमा पर्न सक्छन्

सार्वजनिक सवारीको यात्रा : महिलालाई मानसीक तनाव मात्र

राष्ट्रिय जनावर गाईको सम्मान अभियान : भाग–२

नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्