Category: मुख्य समाचार

  • सरकार र संघीय गठवन्धनबीच संशोधनलाइ फाष्ट ट्रयाकबाट  पारित गर्ने सहमति

    सरकार र संघीय गठवन्धनबीच संशोधनलाइ फाष्ट ट्रयाकबाट पारित गर्ने सहमति

    बैशाख १४, २०७४ । प्रधानमन्त्री दाहाल र संघीय गठबन्धनका नेताहरुबीच संविधान संशोधन विधेयकलाइ द्रुत मार्गबाट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा खुलेर छलफल भएको थियो । गठवन्धनका नेताहरुले एमालेले कुनैपनि हालतमा निर्वाचन भाँडन खोजेकाले सरकारलाइ संविधान संशोधनमा सहयोग गर्ने बताएका छन । बैठकले भोलि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

  • भारतीय अभिनेता बिनोद खन्नाको निधन

    भारतीय अभिनेता बिनोद खन्नाको निधन

    बैशाख १४, २०७४ । भारतीय चलचित्रका वरिष्ठ अभिनेता बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका खन्नाको आज बिहान मुम्बाइस्थित एक अस्पतालमा निधन भएको हो । पेशावरमा १९ सय ४६ मा जन्मेका खन्नाले १ सय ४० भन्दा बढी चलचित्रमा अभियन गरेका छन । खन्नाले १९ सय ६८ मा सुनिल दत्ताको फिल्म मनका मीतबाट आफनो फिल्मी यात्रा सुरु गरेका थिए । खन्नाले अभिनय गरेको एक थी रानी ऐसी भी नामक फिल्म हालै प्रदर्शनमा आएको थियो । खन्नले अभिनय गरेका चलचित्र मध्ये मेरे अपने, दयावान, कुर्वान, मेरा गाव मेरा देश निकै चर्चित छन । खन्ना १९ सय ९७ मा भारतीय जनता पार्टीमा आबद्ध भएका थिए । उनी चारपटक पंजाबको गुरदासपुरबाट लोकसभा सांसदमा निर्वाचित समेत भएका थिए । अटल बिहार बाजपेयीको सरकारमा उनले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हालेका थिए । खन्नाको निधनमा भारतीय चलचित्रका हस्तीहरुले शोक व्यक्त गरेका छन ।

  • सिरियाको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिष्फोट

    सिरियाको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिष्फोट

    बैशाख १४, २०७४ । सिरियाको राजधानी दमास्कस नजिकै रहेको एक अन्तर्राष्ट्रिय बिमानस्थलमा ठूलो विष्फोट भएको छ । सिरियाको मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको सिरियन अब्जरभेटरीले ठूलो विष्फोट भएको जनाएपनि त्यसको कारण र नोक्शानीबारे केही बताएको छैन । घटनास्थल राजधानी दमास्कसबाट २५ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा पर्दछ । बिष्फोटपछि सो क्षेत्रमा आगलागी भएको छ । सिरियामा २०११ बाट सुरु भएको गृहयुद्धका कारण हालसम्म ३ लाख २० हजार भन्दा बढीको मृत्यु भैसकेको छ । तनाव अन्त्यका लागि राजनीतिक बृत्तमा थुप्रै प्रयास भएपनि समाधान भने हुन सकेको छैन ।

  • संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो

    संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो

    बैशाख १४, २०७४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युँताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने रणनीति तय गर्नेछ ।

  • सरकारसंग संघीय गठवन्धन रुष्ठ, बालुवाटारमा चर्काचर्की

    सरकारसंग संघीय गठवन्धन रुष्ठ, बालुवाटारमा चर्काचर्की

    बैशाख १४, २०७४ । स्थानीय तहको संख्या बढाउने आफनो निर्णयबाट सरकार पछि हटोपछि संघीय गठवन्धन सरकारसंग रुष्ठ भएको छ । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र जारी गरिसकेका बेला एमालेको दवावमा निर्णय फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय गठवन्धन सरकारसंग आक्रोशित भएका हुन । उनीहरुले सरकारले सहमति उल्लंघन गरेको भन्दै आन्दोलनका चेतावनी दिएका छन । यो विषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र तराई केन्द्रीत दलका नेताहरुबीच छलफल भैरहेको छ । गठवन्धनका नेताहरुले सहमति भाँडने भन्दै प्रधानमन्त्री दाहालप्रति आक्रोश पोेखेका छन । उनीहरुले आफूहरुसंग भएको सहमति पालना नहुने हो भने आफूहरुपनि चुप लागेर नबस्ने चेतावनी दिएका छन । यसअघि नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि संसद्को अवरोध खोलेको थियो । अवरोध खुलेपछि संसद् बैठकमा संविधान संशोधन बिधेयकमाथिको सैद्धान्तिक छलफल पनि सुरु भएको छ ।

  • कोलकता आइपिएलको शीर्षमा, आज बेङ्लोर र गुजरात भिडदै

    कोलकता आइपिएलको शीर्षमा, आज बेङ्लोर र गुजरात भिडदै

    बैशाख १४, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गएराती राइजिङ पुने सुपरजायन्टमाथि सात विकेटको जित निकाल्दै कोलकाता तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । १ सय ८३ रनको लक्ष्य कोलकाताले खेल सकिन एघार बल अगावै तीन विकेटको नोक्सानीमा पूरा ग¥यो । कोलकाताको जितमा रोबिन उथप्पाले ८७ तथा कप्तान गौतम गम्भिरले ६२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका लागि कप्तान स्टेभेन स्मिथले ५१ रन बनाए । बलिङमा कोलकाताका कुलदीप यादवले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेङ्लोर र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।।।